टोंगामा ज्वालामुखी विस्फोटः विमानस्थलको खरानी हटाउन सुरु

प्रशान्त महासागरको टापु राष्ट्र टोंगामा ज्वालामुखी विस्फोटपछि उत्पन्न मानवीय संकट समाधानका प्रयास भइरहेका छन् । अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको विवरण सार्वजनिक भइरहेका छन् ।

राष्ट्रसंघका प्रतिनिधि जोनाथन भिचले विमानस्थलमा खरानी हटाउने काम सुरु भए पनि कठिन देखिएको बताएका छन् ।

बिज्ञापन

उद्धारकर्ताहरूले ज्वालामुखी विस्फोटपछि उडेको खरानी हटाउन विमानस्थलमा खटिएका छन् ।

करिब २०० उद्धारकर्ताहरूले विमानस्थल सफा गरिरहेका छन् । शनिबार भएको विस्फोटमा एक ब्रिटिस नागरिकसहित चारजनाको मृत्यु भएको छ । विस्फोटपछि धुँवाको मुस्लो आकाशमा २० किलोमिटरमाथिसम्म पुगेको थियो ।

ज्वालामुखी विस्फोटपछि बाँकी संसारसँग टोंगाको सम्पर्क टुटेको छ ।

एक लाख जनसंख्या रहेको टापु राष्ट्र टोंगा सात लाख वर्गकिलोमिटरको क्षेत्रमा फैलिएको छ ।