
नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ स्थिर रहेको छ ।

छापावाल सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिज्ञापन



अघिल्लो दिन पनि सुन ९३ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ ।
आज तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि तेजाबी सुन ९३ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १३ सय १५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी हिजो पनि १३ सय १५ रुपैयाँ कारोबार भएको थियो ।