नेकपाका प्रमुख सचेतकको  घरमा बम प्रहर

बुटवल :  बुटवल नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ ।

रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा मध्यरातमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

 

ढकाल सुत्ने कोठा , बावाआमा सुत्ने कोठा र ढकालको गाडी लु१ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । वम कसले प्रहार गरेको भन्ने बिषयमा अझै खुल्न नसकेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।

 

सचेतक ढकाल चार देखी बिरामी भएको कारणले काठमाडौ मेडिसिटी अस्पताल उपचारत रहेका छन् ।

उनले आफु उपचारको लागि काठमाडौँ रहेको बेला राती दुई बजेतिर घरमा बम प्रहार भएको जानकारी पाएको बताए ।

 

घटनापछि ईलाका प्रहरी सैनामैना प्रहरी निरिक्षक नेतृत्वमा घटना स्थलमा पुगेको छ । प्रहरीले घटनाबारे बिभिन्न व्यतिहरु सोधपुझ गरीरहेको बताएको छ ।