घरमै पुगेर खोप

सर्लाही — सर्लाहीको हरिवन नगरपालिकामा कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लिन बाँकी रहेकालाई  घरमै खोप दिने अभियान थालिएको छ । नगरले अभियानका लागि स्वास्थ्य शाखाका कर्मचारी खटाएको छ ।

हालसम्म पालिकाको ३ र ४ नम्बर वडामा खोप लगाउन बाँकी रहेका ४० जनालाई कोभिसिल्ड र ९० जनालाई भेरोसेलको पहिलो मात्रा लगाइएको छ ।

अन्य ५५ जनालाई जोन्सन खोप लगाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, नगरमा रहेका ४२ जना सशस्त्र प्रहरीलाई पनि खोप दिइएको इलाका हेल्थपोस्ट सासापुरका प्रमुख श्यामविनोद कुशवाहले जानकारी दिए ।