
काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।
पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै भोलि शनिवार काठमाडौं र चितवन जिल्ला बन्दको आव्हान गरिएको छ । रवि लामिछाने सर्मथकहरुले बन्दको आव्हान गरेका हुन् ।
पत्रकार विनोद त्रिपाठीले आफ्नो फेसबुक बालमा एक सूचना जारी गदै पत्रकार रवि लामिछानेको रिहाई लगायतका पाँच बुँदे माग राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दिनहुँ प्रर्दशन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
रवि लामिछाने बारे सुरेन्द्र केसीको चर्को स्वर, आज रवि फसे भोलि म नि फस्न सक्छु – हेर्नुहोस् भिडियो