बालाजुमा ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु

काठमाडौँ : काठमाडौँको बालाजुमा आज बिहान ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतिय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।

भारतिय नम्बरको ग्यास बुलेट बालाजु औधोगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गरेका उनी अचानक गाडी गुडेर अगाडी रहेको भारतिय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका थिए ।

आज बिहान पौने ४ बजे गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न अर्का ग्यास बुलेट चालकलाई महानगरीय प्रहरी बृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।