
धनगढी : टीकापुर घटनापछि विभिन्न मुद्दा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्दा खारेजीको माग गर्दै थरुहट मोर्चा आन्दोलनको तयारी तिब्र गरेको छ ।

आईतबार टीकापुरमा थारुकल्याकारीणि सभा कैलाली क्षेत्र नं.१ का सभापति लौटन चौधरीको नेतृत्वमा बसेको बैठकले यहि मंसिर २० गते हुने विरोध सभाको तयारीका लागि ५ बुँदे निर्णय गरेको थरुहट मोर्चाका जिल्ला संयोजक माधव थारुले बताए ।



विरोध सभाको लागि तयारी समितिसमेत गठन गरेको उनले बताए । लौटन चौधरीको संयोजत्वमा १५ सदस्यीय कमिटी निर्माण भएको छ ।

साथै कैलालीमा राजनीतिक दलहरुसँग समन्वय गर्ने निर्मण पनि गरेको जनाइएको छ । मास परिचालनको लागि टीकापुरमा लौटन चौधरी र एन्जल चौधरी, धनगढीमा गोठु चौधरी र माधव चौधरी, जानकी गाउँपालिकामा सर्मिला कुश्मी र दिनेश थारु भजनी नगरपालिकामा केवल चौधरी राजाराम चौधरी, जोशीपुरमा चुनीराम चौधरी राम प्रसाद चौधरी र सविता चौधरीले नेतृत्व गर्ने निर्णय भएको छ ।
यस्तै घोडाघोडी नगरपालिकामा सुशिला चौधरी कैलारी गाउँपालिकामा होरीलाल चौधरी र फोनिराम चौधरी, गौरीगंगा नगरपालिकामा कृष्ण कुमार चौधरी, बर्दगोरियामा राम प्रसाद चौधरी, लम्की चुहामा हरिराम चौधरी देशराज चौधरी गोदावरीमा माधब चौधरी, मनिराम चौधरी र सुन्दर चौधरीलाई जिम्मेवारी दिइएको छ ।
त्यसै गरि ११ गते विरोध सभा तयारीको लागि माधव चौधरीको संयोजत्वमन जिल्ला प्रसाशन कार्यलयसाग समन्वय तथा छलफल गर्ने र पहिचानवादीहरुसँग १२ गते मसुरियामा छलफल गर्ने निर्णय भएको छ ।