
काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका एमाले महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
बिज्ञापन



उनले अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने र निर्धारित सबै कार्यक्रम स्थगित गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन ।
अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’