राष्ट्रिय सभाको बैठक १७ माघमा

काठमाडौं : राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आज सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।

बिज्ञापन

यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।

सूचना

राष्ट्रिय सभाको बैठक सम्बन्धी सूचना राष्ट्रिय सभाको मिति २०७८ साल माघ २ गते आइतवारको सूचना मार्फत अर्को सूचनाद्वारा तोकिने मिति र समयमा सभाको बैठक बस्नेगरी सूचना गरिएकोमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९१० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।