नेपाल प्रहरी प्रवक्तामा एसएसपी केसी

काठमाडौं — नेपाल प्रहरीको प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त भएका छन् ।

त्यसअघिका प्रहरी प्रवक्ता रहेका एसएसपी बसन्तबहादुर कुँवरको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (महानगरीय अपराध महाशाखा) मा सरुवा भएपछि केसी नियुक्त भएका हुन् ।

बिज्ञापन

कुँवरको सरुवापछि डीआईजी मुकुन्द आचार्यले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारी लिएका थिए । तर, प्रहरीमा एसएसपी प्रवक्ता बन्ने चलनअनुसार केसी नेपाल प्रहरीको प्रवक्तामा नियुक्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता बनेका केसीको केही दिनअघि प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको थियो ।