८१ किलो गांजासहित ४ जना प्रकाउ

पर्सा : पर्सामा ८१ किलो गांजासहित प्रहरीले ४ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लास्थित बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई आफ्नै घरमा लागु औषध गाँजाको विक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सुचना पाए लगत्तै अभियुक्तको घरमा खानतलासी गर्दा घरको कोठाको खाटमुनी लुकाइ छिपाई राखिएको अवस्थामा ७४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

जिल्लाकै विन्दावासिनी गाउपालिका–४ अमरपट्टीबाट झौवा जाने बाटोमा पनि दुईजना लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शंकास्पदरूपमा हिडीरहेका पाइएपछि चेक जाँच गर्दा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउपालिका–१ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारी जिल्लाको भेलाही थाना १ बस्ने ४२ वर्षीय दसाही दास रहेका छन् ।

उनीहरुले बोकेको झोला जाँच गर्दा ७ किलो लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साले जानएको छ ।