कुनै बेला बेलायतलाई ५७ करोड ५० लाख सहयोग गर्ने नेपाल आज कसरी गरिव भयो ?

 

कुनै बेला बेलायतलाई ५७करोड ५० लाख सहयोग गर्ने नेपाल आज कसरी गरिव भयो ?

बिज्ञापन

जेलमा मदन भन्डारीलाई भात पुर्‍याउन जाँदा लव परेर नेता हुने चानस पाएकी विद्या भण्डारि आज १८ करोडको गाडी चड्ने कसरी भईन ?

आफ्नु बिहेमा राजाले बीस हजार ऋण गरेको ६० वर्षपछि एक राजस्व कर्मचारीले ६ अर्वको भ्रष्टाचार गरे तर कुनै कारवाही भएन किन ?

किनिएको भनिएको जहाजको कुनै कागजात छैन, अनुदान र खरिद गरेर एक दर्जन जहाज छ्न् तर मासिक तीस करोडभन्दा धेरै घाटा छ रे ! न मन्त्रीसँग जहाज किनेको प्रमाण छ नत निर्देशकसँग । यो त अति भएन ?

दुई तिहाईको समाजवादी सरकार छ, समाजवादी प्रतिपक्षी छ । तर कर तिर्न घुस खुवाउनुपर्छ । करङ भाँचिएर अस्पताल जानुभयो भने पैसा त लाग्छ लाग्छ उल्टो भ्याट पनि लाग्छ । यो दुर्भाग्य होइन ?

हिड्न मिल्ने बाटो छैन,पिउन योग्य पानी छैन, युवालाई देशमा रोजगारी छैन । निर्मला जस्ता पिडितलाई न्याय छैन । तर सरकारलाई विश्वसुन्दरीमा नेताकी छोरीलाई जिताउने चासो छ ।

बोका पाल्न अनुदान छ, भैंसी पाल्न अनुदान छ , सुँगुर पाल्न अनुदान छ तर गाई पाल्न भने सरकार सर्त तेर्स्याउँछ- जर्सी पाल्ने भए मात्र दिने । यहाँभित्रको राजनीति के हो बुझ्ने कसले ?

युवाहरू खाडीमा श्रम बेच्दैछन्, सरकार नदिनाला बेच्दैछ , अभागी चेलीहरू बम्बै र ठमेलमा जवानी बेच्दैछन्, काभ्रेको हेक्सेमा सवै गरिव तामाङहरू मृगौला बेच्दैछन्, लोभी बाहुनहरू वेद र मन्त्र बेचिरहेकाछन् , इसाईका दलालहरू डलरमा नेपाली मौलिकता र धर्म्म बेच्दैछन् ।
पशुपतिनाथको कृपाले मात्र कति दिन चल्ला ?

सरकार टुकुचामा खसी बोका बेच्ने , जनकपुर चुरोट कारखाना चलाएर चुरोट बेच्ने, अनि बिनोद चौधरी नर्भिक हस्पिटल चलाउने, दुगडहरू स्कुल चलाउने । यो पनि लोकतान्त्रिक सरकार हो ? यो पनि सामाजवाद हो ?

भुटानमा विद्यालय निशुल्क छ, विश्वविद्यालय निशुल्क छ, हस्पिटल निशुल्क छ र जेष्ठ नागरिकको भरणपोषण राज्यले गर्छ । नेपालमा पानीको ३० रुपैयाँ र पिसाव फेरेको पाँच रुपैयाँ । सिंगापुर र स्विजर्ल्याण्ड बनाउँछु भन्नेहरूले कमसेकम भुटान जत्तिको बनाए हुँदैनथ्य

यसलाई प्रत्येक नेपालीले व्यापक शेयर गरि जवाफ माँगौं, जनताको छोराछोरीले गर्ने शासनमा प्रश्न गर्ने र जवाफ पाउने अधिकार त छ होला।