
सिंह दरबारस्थित राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृत भेटिएका छन् ।

कार्यालय भित्रको कोठामा योजना आयोगका सुब्बा बच्चुराम केसीको शव भेटिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
बिज्ञापन



उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
