वकिलका अनुसार यी–यी कारणले निर्दोस छन् रवि (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४१९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा जिल्ला अदालत चितवनले पत्रकार सालिकराम पुडासैनी प्रकरणमा टिभी जर्नलिष्ट रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानको लागि थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ, सोही विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ ।

 

बिज्ञापन

https://youtu.be/7Lb0cfdKwIc

 

आज मात्रै बयान सकेर समय थप गर्ने/नगर्ने भन्ने विषयमा भएको बहसपछि अनुसन्धानका लागि अदालतले ५ दिनको समय थप गर्ने निर्णय गरेको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ईजलासले निर्णय गरेको हो ।

 

गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका क्रममा सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।