भारतमा २४ घण्टामा १ लाख ७२ हजार कोरोना संक्रमित, १ सय ८ को मृत्यु

एजेन्सी : छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार ४३३ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ । साथै सोहि अवधिमा १ सय ८ जना संक्रमितको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घटेपनि मृत्यु हुनेको संख्या भने बढेको छ ।

बिज्ञापन

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १०.९९ प्रतिशत रहेको छ ।

त्यस्तै भारतमा एकै दिन २ लाख ५९ हजार १०७ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको घटिरहेको छ । हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १५ लाख ३३ हजार ९२१ रहेको छ ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९८ हजार ९८३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।