
जयनगर–कुर्था रेलमार्ग आउँदो फागुन १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
फागुनदेखि औपचारिक उद्घाटन नभएसम्म दैनिक एकपटक रेल चलाउन लागिएको हो ।
यात्रुको चाप पहिचान गर्न, अतिक्रमित जग्गा खाली गराउन र दैनिक लागत पत्ता लगाउनका लागि रेल सञ्चालन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
रेल सेवाको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने भनिएको छ । तर, यकिन मिति अहिलेसम्म तय भएको छैन ।