सुन तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ ।

सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।