
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९७ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १५ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ८५ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २० जना र मदिरा पिएर सवारी साधन चलाउने ३५ जना चालकहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।