गौरादह नगरलाई देशकै नमूना नगर बनाउँछौं : राजेन्द्र लिङ्देन

दमक । पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीको निर्वाचन क्षेत्र भित्र पर्ने नगर गौरादह नगरपालिकालाई देश कै नमूना नगर बनाउने घोषणा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् ।अध्यक्ष लिङ्देनले झापाको गौरादहमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा गरेका हुन् ।

गौरादह नगर भित्रका युवाहरुलाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने ` तपाईहरुले गौरादह नगरपालिकामा रा.प्र.पा.को जनप्रतिनिधिलाई जिताउनुस् हामी गौरादह नगरपालिकालाई देश कै नमूना नगरपालिका बनाएर देखाउछौं ।´

बिज्ञापन

युवक संगठनको झापा क्षेत्र नम्बर ५ ले आयोजना गरेको उक्त पार्टी प्रवेश गर्ने कार्यक्रममा कांग्रेस , एमाले,माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि ठूलो संख्यामा युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका थिए ।पछिल्लो समय नेपालमा रा.प्र.पा.मा युवाहरुको आकर्षण बढ्दै गएको छ भने उक्त कार्यक्रममा गौरादह नगरभरीबाट झण्डै ५०० को संख्यामा युवाहरुले पार्टी प्रवेश गरेका थिए ।

युवक संगठनको ५ नम्बर क्षेत्रिय अध्यक्ष सान नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य लक्ष्मी संग्रौला , स्थानीय नेता शान्तिराम पौडेल , खेम तिम्सिना लगायतले सम्बोधन गरेका थिए भने अमर बिष्ट , बाबुराजा श्रेष्ठ जीवन अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।