
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायीक महासंघका अनुसार सोमबारको तुलननामा आज छापावाला सुन तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ ।
यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।