ए डिभिजन लिग फुटबलमा आज दुई खेल

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछन्। दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुङ्गाउने हुनेछ र दुवैको योजना जित रहेको छ। जावलाखेल ११ खेलमा ११ अङ्क जोडेर दशौँ स्थानमा छ।  हिमालयन ११ खेलमा १३ अङ्क जोडेर नवौँ स्थानमा छ। साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन्।

बिज्ञापन

लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ। एन आर टी तालिका सुधार गर्न चाहन्छ । मनाङ ११ खेलमा २० अङ्क जोडेर दोस्रो स्थानमा छ । एनआरटी ११ खेलमा १७ अङ्क जोडेर पाँचौं स्थानमा छ ।