अनुमति नपाएपछि जर्मनी फर्कियो विमान

भारत आइरहेको जर्मन ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी लुफ्थान्साको अवतरणको अनुमति नपाएपछि जर्मनी नै फर्किएको छ ।

फ्र्याङ्कफर्टबाट हैदरावाद आइरहेको लुफ्थान्साको फ्लाइट एलएच७५२ सोमबार बिहान हैदरावादको राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु पर्थ्यो ।

बिज्ञापन

तर, बमको धम्की प्राप्त भएपछि विमानस्थलका अधिकारीहरूले विमानलाई अवतरणको अनुमति नदिएको र उडान फ्र्याङ्कफर्ट नै फर्किएको भन्दै समाचारहरू छापिएका छन् ।

अवतरणको अनुमति नपाएपछि आधा बाटोबाटै विमान फर्किएको लुफ्थान्साको भनाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेको छ । विमान फर्किदा भारतीय हजाई क्षेत्रमा नछिरको बुझिएको छ । उडानलाई भारतीय भूमिमा अवतरण गर्न किन अनुमति दिइएन भन्ने कुरा थाहा भएको छैन ।

केही स्रोतहरूका अनुसार यो प्राविधिक वा प्रशासनिक कारणले हुन सक्ने मानिएको छ । लुफ्थान्सा एयरलाइन्स वा भारतीय नागरिक उड्डयन प्राधिकरणबाट कुनै आधिकारिक बयान आएको छैन ।

बमको धम्की कस्तो खालको थियो भन्ने पनि स्पष्ट भएको छैन । तीन दिन अघि फुकेतबाट नयाँ दिल्ली आइरहेको एयर इन्डियाको एआई ३७९ उडानलाई बमको धम्कीकै कारण उडेको केही बेरमै आकस्मिक अवतरण गराइएको थियो ।