
भेटमा गृहमन्त्री खाँणले प्रचण्डलाई एमसीसी पास गरेर गठबन्धन जोगाउन आग्रह गरेका थिए । खाँणले सत्ता गठबन्धन जोगाउन र सरकारले टेबल गरेको एजेण्डामा कांग्रेसलाई साथ दिन आग्रह गरेका हुन् । उनले जनतामाथि परेको भ्रम निवारण सबै मिलेर गर्नुपर्ने र एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी शंसोधनबिना जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् । मंगलबार साँझ मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो ।
कांग्रेस सभापतिसमेत रहेका देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई दिएका छन् । तर सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएकाले प्रमुख प्रतिपक्षी एमालेसँग पनि देउवाले भेट बढाएका छन् ।
भने कांग्रेसका नेताहरुले गठबन्धन दलका नेताले विपक्षीमा भोट हाले गठबन्धन टुट्ने बताउँदै आइरहेका छन् ।