
काठमाडौं – काठमाडौंको फोहोर एक हप्ता बित्दा पनि उठ्न सकेको छैन ।

सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै छ किलोमिटर सडक मर्मत कार्य गर्नुपरेकाले फोहोर उठ्न नसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
बिज्ञापन



सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक–दुई दिन फोहोर नउठ्ने उनको भनाइ छ । सडक निर्माण कार्यमा ठेकेदारले ढिलासुस्तीले गर्दा फोहोर उठाउन समस्या भइरहेको डंगोलले बताए ।

ठेकेदारलाई कालोपत्रे गर्न आग्रह गरिएको भए पनि ढिला हुँदा फोहोर उठाउन समस्या भएको उनको भनाइ छ ।
कालोपत्रे नगरी गाडी चलाउन नै नमिल्ने भएकाले कालोपत्रे सम्पन्न भएपछि मात्र फोहोर उठाउन थालीने डंगोलले बताए ।अबको एक–दुई दिनमा कालोपत्रे सकिने र फोहोर उठाउन थालीने उनको भनाइ छ ।
डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन ।