गौरादह ७ नम्बर वडाका अध्यक्ष खरेल सहित झापा मालपोत अधिकृत पक्राउ

दमक । झापाको विर्तामोड स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोह मध्येका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मालपोतका अधिकृत चेतन अधिकारी र गौरादह नगरपालिका ७ नम्बर वडाका अध्यक्ष बलाराम खरेल रहेका छन् ।

उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए । झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज-१ कुन्जिबारीका बलराम विश्वकर्मा (सुसिल) लगायत १० जना यस अघि नै पक्राउ परिसकेका छन् ।

बिज्ञापन

गत बैशाख ९ गते नै यस काण्डमा १० जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो भने खरेल र अधिकारी भने त्यो बेला पक्राउ पर्न सकेका थिएनन् । उनीहरुलाई संगठित अपराध , सरकारी छाप किर्ते , ठगी लगायतका मुद्दामा म्याद थप गरि अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।