कोरोना अपडेटः १ सय ५५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र २ हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ।

त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ३९ रहेको छ।