नेपालगन्जमा कोरोनाबाट एकजनाको मृत्यु

लामो समयपछि नेपालगञ्जमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो। केही दिनयता बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गराउन आउने बिरामीको मृत्यु भए पनि नेपालगञ्जका कोहीको मृत्यु भएको थिएन।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, साउन २१ गते पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरीमा भर्ना गरिएको थियो । उनको मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट ३ सय २३ जना जिल्लावासीको मृत्यु भएको छ। बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय ८६ जनाको मृत्यु भइसकेको छ। केही दिनयता जिल्लामा कोरोना संक्रमित बढेको छ। बाँकेका ल्याबमा संक्रमितको संख्या बढे पनि धेरैजसो बाहिरी जिल्लाका छन् ।