
स्याम्पुको बट्टामा लुकाएर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । शुक्रवार बिहान ओमनबाट ल्याएको १ सय ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

सलाम एयरवेजको उडान नम्बर–४२७ मार्फत काठमाडौं आएका सिरहाका निरन्जन कुमार सिंहले स्याम्पुको झोलामा मिसाएर सो सुन ल्याएका हुन् । सो सुन बरामद गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए ।
बिज्ञापन



