उपत्यकामा नेपाल बन्दको प्रभाब कस्तो छ ?

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । आजको नेपाल बन्दका क्रममा काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ ।

बिहानैदेखि सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बिज्ञापन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार  सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको जनायको छ ।

बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा तीन वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।