
काठमाडौं — रूसी सेनाले युक्रेनको जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टी कब्जामा लिएको छ । युक्रेनको स्टेट न्यूक्लियर रेगुलेटोरी इन्स्पेक्टोरेटले अनलाइनमा जारी गरेको विज्ञप्तिमा रूसी सेनाले कब्जामा लिएको स्पष्ट पारेको हो ।
ServicemanduBig EducationMayaz Wax
आणविक केन्द्रमा ६ वटा भट्टीहरू रहेका छन् । क्षतिबारे विवरण संकलन भैरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
यसअघि स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त भट्टीमा मिसाइल आक्रमण भएको थियो । रुसी सेनाले सो भट्टीसहित पाँचतले भवनमा आक्रमण गरेपछि आगो लागेको बताएको थियो । युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा आएको जनाएको छ ।
भट्टीमा लागेको आगो निभाउन ४० जना उद्धारकर्मी र १० वटा यातायातका साधन प्रयोग गरिएको थियो । आक्रमणमा भट्टीको मुख्य केन्द्रमा कुनै पनि क्षति नपुगेको र सुरक्षित रूपमा भट्टी बन्द गरिएको छ अलजजिराले जनाएको छ ।