
काठमाडौंं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुको आयोगले सनाखत गरिरहेको छ ।
२०७९ वैशाख ३० गते तय भएको निर्वाचनका लागि दर्ता भएका ८० दलका बारेमा आयोगले जाँचबुझ गरिरहेको हो ।

आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ र सनाखत गरिसके पछि फागुन २६मा अन्तिम नामावली प्रकाशन गरिनेछ ।
बिज्ञापन



स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरिसकेको उल्लेख गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि आह्वानसमेत गरेको छ ।
