केपी ओली कालिञ्‍चोकमा : केबलकारको उद्घाटन

दोलखा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित घुमघामका लागि दाेलखाको चर्चित पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चाेक आएका छन् ।

उनी घुमघाम र हिमालकाे दृश्यावलाेकनमा व्यस्त छन् ।

बिज्ञापन

सञ्चारकर्मीहरूले पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनबारे उनीसँग प्रतिक्रिया लिन खोजेका थिए ।

तर, उनले ‘पवित्रस्थलमा अन्य कुरा नगराैं’ भन्दै प्रतिक्रिया दिएनन् । यसैबीच उनले कालिञ्चाेकमा रहेकाे केबलकारकाे औपचारिक उद्वघाटन गरेका छन् ।