
काठमाडौं । नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने भएको छ। अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स मार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताएका छन् ।

उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते ९२५ मार्च० सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ । यस्तै बाँकी रहेका खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्र अप्रिल १८ मा आउने छ। उनले हरेक पटकमा १५ लाख डोज मात्राका दरले खोप नेपाल आउने जानकारी दिए।
बिज्ञापन



अमेरिकाले थप ३० लाख डोज खोप पनि दिनसक्ने उनले बताए। नेपालमा भएका खोप भण्डारको क्षमतालाई ध्यानमा राख्दै फरक फरक समयमा मात्रा निर्धारण गरेर खोप आउने उनले बताए। यो खोप १२ वर्षभन्दा माथिका लागि प्रयोग गरिने चौरासियाले जानकारी दिए।
