
दमक । पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु गएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार गएराति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको मृत्यु भएको हो।
ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो ।
घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।