
कञ्चनपुर । कञ्चनपुरमा २ मोटरसाइकल ठोक्किँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा आइतबार राति से ४ प ८९४५ नम्बरको मोटरसाइकललाई सुप प्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ ।
बिज्ञापन



सो दुर्घटनामा घाइते भएका ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

वेदकोट नगरपालिका १ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका २ वाणीका २२ वर्षीय नरेन्द्र साउँदको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरूको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।