
चितवन । नवजात शिशुको हत्या गरेको आरोपमा एक आमालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनको कालिका नगरपालिका १० की २१ वर्षीया मन्जु चेपाङलाई प्रहरीले प्रक्राउ गरेको हो ।
गत बिहीबार कालिका १० टुँडिखेलमा सालनालसहितको नवजात शिशु (बालक) मृत अवस्थामा फेला परेका थिए ।
चितवन प्रहरीका सूचना अधिकृत डीएसपी नरहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानबाट चेपाङले बालकलाई जन्म दिएर हत्या गरेको खुल्न आएको छ ।
पक्राउ परेकी चेपाङलाई कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।