
ललितपुरको कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान २ दिने शिशुसहित एकै परिवारका ५ जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले ४ जनाको घटनास्थलमा र २ दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताए ।
सुत्केरी महिला भएकाे साे घरमा आगाे बालेकाे काेइला फेला परेकाे र केहीले बान्तासमेत गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।
घरैमा मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्ताङ, २३ वर्षीया सुष्मा स्याङ्ताङ, ९ वर्षीय आशिष स्याङ्ताङ र सात वर्षीया आश्मा स्याङ्ताङ रहेको एसएसपी पोखरेलले जानकारी दिए । त्यस्तै, २३ वर्षीय शुभ स्याङ्ताङको पाटन अस्पतालमा उपचार भइरहेको छ ।