१९४ जनामा कोरोना पुष्टि, ३४८ निको

काठमाडौँ । नेपालमा २४ घण्टामा ६ हजार ३९४ परीक्षण हुँदा १९४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार देशभर ३ हजार ६३८ पीसीआर परीक्षणमा ७४ र २ हजार ७५६ एन्टिजेन परीक्षणमा १२० जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन् ।

सोही अवधिमा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएका छन् । मंगलबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।