
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाे छ।

बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भू-भागमा आंशिक बदली छ।
बिज्ञापन



दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।