५८ जनामा सङ्क्रमण पुष्टि, मृत्यु शून्य

देशभर थप ५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५० तथा एन्टिजेन विधिबाट ८ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा थप १४८ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ६१ हजार २१८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८१९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा थप ९२ हजार ४८ जनाले खोप पनि लगाएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् ।

हालसम्म ११ हजार ९५० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।