
दाङ, भदौ १६ प्युठानको स्वर्गद्वारीबाट कपिलबस्तु जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते बनेका छन्।
सोमबार दिउँसो स्वर्गद्वारीबाट कपिलबस्तुतर्फ आउँदै गरेको लु२ख६२३९ नम्बरको बस दाङको गडबा नगरपालिका १ जुरौनीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा १५ जना घाइते बनेको र घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।
घाइतेहरुको अहिले दाङको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको छ।