यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।

पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बिज्ञापन

अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का हावाहुरीकाे सम्भावना भने रहेको महाशाखाले जनाएको छ।

शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।