
रुकुम — रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पुथाउत्तरगंगा १४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको रा १ त ३३७३ नम्बरका ट्रयाक्टर गर्खानीमा दुर्घटना भएको थियो ।
बिज्ञापन



जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार दुर्घटनामा घाइते भएका तीन जनामध्ये एकको रुकुम पूर्व अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । उनका अनुसार दुर्घटनामा मृत्यु भएकाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

अन्य दुई जना घाइते रुकुमपूर्व अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको छ ।
ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।