जनताले ढुलमुले र असली पार्टी चिन्ने बेला आयो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई संकटबाट बचाउने सक्ने पार्टी कांग्रेस मात्रै र्भको उल्लेख गरेका छन् ।

बुधबार राजधानीको शंखमुलमा घर घर जाउ कांग्रेस जिताउ अभियान अन्तरगत आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले राजनीतिक परिवर्तनको नेतृत्व, अस्थिरताबाट निकास र जनताले चाहेको विकास कांग्रेसले मात्रै गर्न सक्ने बताएका हुन् ।

बिज्ञापन

नेता सिंहले देशलाई संकट पर्दा स्थिर निर्णय लिन नसक्ने तर क्रान्तिकारी भाषण दिने कम्युनिष्टहरुको कुरा अब जनताले नपत्याउने दावी गरे ।

उनले भने – ‘देशलाई संकट पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि कान्तिकारि भाषण दिने कम्युनिष्टहरुलाई अब जनताले पत्याउने वाला छैनन् । उनले अब जनताले सहि र गलत नेतृत्व को हो भनेर चिन्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।’

कांग्रेसले मुलुकको राजनीतिक र सामाजिक आर्थिक रुपान्तरणका लागि निकै महत्त्वपूर्ण भुमिका खेलेको भन्दै उनले कामै नगरेका दलहरुले दिएको सपनाको पछि नलाग्न समेत अपिल गरेका छन् । नेता सिंहले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले त्यसको प्रचारप्रसारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।