
भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै एक गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ ।
उनीहरू सबै भारतका अलग–अलग राज्यका हुन् ।
स्थानीयवासीका अनुसार अवेर राति आगलागी हुँदा गोदाममा १२ जना मजदुर थिए । एक जना भने सुरक्षित रहन सफल भएका छन् ।
दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुस्ख व्यक्त गरेका छन् ।
साथै मोदीले ज्यान गुमेकाहरूका परिवारलाई सरकारका तर्फबाट जनही ६ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।
आगलागीको कारण खुलेको छैन ।