
कलाकार पल (पूर्णविक्रम) शाह पुर्पक्षका लागि बिहीबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका हुन् ।

शाहविरुद्ध मंगलबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।
बिज्ञापन



‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा शाहले ललाइफकाई विवाह गर्छु भनी प्रलोभन देखाइ जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ को खण्ड ‘ख’ बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी कारागार पठाइदिनू,’ अदालतको आदेशमा छ ।
