गठबन्धनबिना माओवादीको भविष्य समाप्त हुन्छ : शंकर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनबिना माओवादीको भविष्य समाप्त हुने बताएका छन् ।

एमालेनिकट मुस्लिम इतेहात संगठनको कार्यक्रममा बोल्दै पोखरेलले गठबन्धन नभए माओवादीको भविष्य नरहेको भन्दै अध्यक्ष प्रचण्ड अवसरका लागि जुनसुकै हदसम्म पनि पुग्नसक्ने टिप्पणी गरेका छन् ।

पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थि अवसरवादीको प्रतिनिधित्व गरिरहेको समेत बताएका छन् ।

उनले प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादीको प्रतिनिधि भएको बताएका छन् ।

जो प्रधानमन्त्री हुँदा प्रचण्डले ४० बुँदै माग प्रस्तुत गरेर सशस्त्र युद्ध थालेका थिए तिनै शेरबहादुर देउवा अहिले लोकतन्त्रका लागि अनिवार्य ठानिरहेको पोखरेलको भनाई छ ।