आईपीएलमा आज दुई वटा खेल हुने

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज (आइतबार)दुई वटा खेल हुने भएका छन् ।नेपाली समय अनुसार दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने छ ।

दिल्ली ऋषभ पन्तको कप्तानीमा रहेको छ भने मुम्बईको कप्तानी रोहित शर्माले गरेका छन् ।

यसैगरी राति पौने ८ बजे पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुने छ ।

पञ्जाबको कप्तानी मयंक अग्रवाल र बैंग्लोरको कप्तानी फाफ डूप्लेसिसले गरेका छन् ।

शनिबारदेखि सुरु भएको आईपीएलमा कोलकता नाइटराईडर्सले विजयी सुरुवात गरेको छ ।कोलकताले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको थियो ।