एमालेका अध्यक्ष केपी शर्मा ओली वीरगञ्जमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वीरगञ्ज पुगेका छन् ।

मंगलबार वीरगञ्जको घन्टाघरस्थित बीपी उद्यानमा आयोजित सभालाई सम्बोधन गर्न एमालेका अध्यक्ष ओलीले त्यहाँ पुगेका हुन् ।

बिज्ञापन

ओली बिहान ११ बजे काठमाडौं एयरपोर्टबाट सिमरा हुँदै वीरगञ्ज पुगेका हुन् । अध्यक्ष ओली र आमनागरिकको स्वगतमा १२ वटा प्रवेशद्वार बनाइएको छ ।

ओलीलाई वीरगञ्जमा स्वागत गरिएको छ ।

उनलाई सिमरा एयरपोर्टबाटै मोटरसाइकलको स्कर्टिङसहित वीरगञ्ज पुर्‍याइएको हो ।

ओलीले मंगलबार वीरगञ्जको घन्टाघरस्थित बीपी उद्यानमा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।