
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रोद्यान्का सहरको अवस्था बुचाकोभन्दा भयानक भएको दावी गरेका छन् ।

आफ्नो नयाँ फेसबुक पेजामा जेलेन्स्कीले भने, बोरोद्यान्काका अहिले भत्किएका भवनहरूको खोजी गर्दा यहाँको अवस्था झन डरलाग्दो छ र यहाँ रुसी सेनाको अत्याचारबाट पीडित हुनेको संख्या पनि बढी छ ।



बुचा र बोरोद्यान्का दुवै सहर किभको बाहिरी भागमा छन् । रुसी आक्रमणपछि यी ठाउँमा भीषण युद्ध भइरहेको छ ।

युक्रेनका अभियोजक जनरलका अनुसार बोरोद्यान्काका दुईवटा भवनको भग्नावशेषबाट २६ जनाको शव निकालिएको छ ।
इरिना भेनेडिक्टोभाले रुसले जानाजानी आवासीय क्षेत्रलाई निशाना बनाएको आरोप लगाएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यहाँ कुनै सैन्य आधार छैन । रुसी सेनाले साँझ आवासीय भवनहरूमा आक्रमण गरे, सो समय अधिकांश मानिसहरू आफ्नो घरमा थिए । उनले रुसी सेनाले युद्ध अपराध गरेको प्रमाण हरेक मोडमा फेला परेको बताइन् ।